एनआरएनएको सम्मेलन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

अध्यक्षमा हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धा गर्दै

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, ०९ : ५०
एनआरएनएको सम्मेलन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

कठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्र्तराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको आज अपरान्ह होटल हायात रेजेन्सीमा उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनले एनआरएनको अबको अध्यक्षसहित कुल १२ पदमा ४२ जनालाई निर्वाचित गर्नुपर्ने विधानको व्यवस्था छ ।

अध्यक्षका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेद्वारी घोषणा गरिसकेका छन् । पन्त गोरखकाका र आचार्य पर्वतका हुन् । दुवै उम्मेद्वार दुई दशक अघि विदेशिएका थिए ।

आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराँको व्यवसाय छ भने पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।
नेपालबाट विदेशिएर विभिन्न देशमा पेसा–व्यवसाय गरेका २५ सय प्रतिनिधि (गैरआवासीय नेपाली) सम्मेलनमा प्रतिनिधीका रुपमा सहभागी भएका छन् । 

आजदेखि असोज ३० गतेसम्म चल्ने आयोजकले जनाएका छन् । अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक पदमा निर्वाचन हुनेछ ।
निर्वाचन भोलि दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस