विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, १७ : ०७
विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित

काठमाडौं । अष्ट्रेलियाको क्यानबेरामा जारी विश्वकप छनोट अन्तरगत दोस्रो चरणको खेलमा नेपाल अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गर्दै अस्ट्रेलियालाई बढी गोल गर्नबाट रोक्न सक्यो ।

अस्ट्रेलियाका जिमि म्याकलेमले ह्याट्रिक र ह्यारी सौटरले समान २ गोल गरेका छन् । नेपालले निरन्तर दवाब खेपेको थियो । खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवाउन्डमा आएको बलमा जिमिले गोल गरेका थिए । १९ औं मिनेटमा जिमिले अर्को गोल थपे । २४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन् । ह्यारीको त्यो डेब्यू गोल थियो । 

ह्यारीले ५९ मिनेटमा अर्को गोल गरे । उनले हेडमार्फत गोल गरेका थिए । जिमीले अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।
एसियाकप जितेको अस्ट्रेलिया नेपालभन्दा निकै बलियो टिम हो । 
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले खेलेको यो तेस्रो खेल हो। यसअघि खेलिएका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदान खेलिएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो । त्यसपछि चाइनिज ताइपेईसँग उसैको घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली २–० गोलले विजयी भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस