सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा दर्शकको घुइँचो

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, १७ : ३५
सहरभित्रको सहर सिजी ल्याण्डमार्कमा दर्शकको घुइँचो

चितवन । सहरीकरण भइरहेको चितवनको मुटु भरतपुर महानगरपालिकाको वडा नं १० स्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि रहेको काठमाडौँ बाहिरकै ठूलो सपिङ मल सहरभित्रको सहर ‘सिजी ल्याण्डमार्क’मा दिनानुदिन दर्शकको घुइँचो बढ्दै गइरहेको छ ।

१० तलाको सपिङ मल सिजी ल्याण्डमार्क’ सञ्चालनमा आएसँगै अवलोकन गर्न आउने दर्शकदेखि सपिङ गर्न आउने उपभोक्ताहरुको घुइँचो लाग्न थालेको मलका म्यानेजर उज्वल केसीले जानकारी दिनुभयो । सपिङ मलमा मनोरञ्जनात्मक कार्यक्रमसहितको फेस्टिभ सिजन चलिरहेको छ, जहाँ दर्शक झुमिरहेका छन । 

सिजी ल्याण्डमार्कले चाडपर्वलाई लक्षित गरेर फेस्टिभ सिजनको बडा अफर ल्याएको छ । भव्य तामझामका साथ फेस्टिभ सिजन दर्शकहरुले मनोरञ्जन लिइरहेका र सपिङ पनि गरिरहेका सिजी ल्याण्डमार्क मलका म्यानेजर केसीले बताउनुभयो । उहाँका अनुसार मलमा सपिङको साथै म्यूजिकल इभेन्टस्, फेसन इभेन्टस्, किड्स इभेन्टस्लगायत मनोरञ्जनात्मक कार्यक्रममा चलिरहेको छ । देशका राष्ट्रिय तथा स्थानीय गायकगायिकाले आफ्नो प्रस्तुति दिइरहेका छन् । 

एक हजारभन्दा माथिको जुनसुकै सामग्री खरिद गर्दा पनि लक्की ड्रमार्फत आकर्षक पुरस्कारहरु जित्न सकिने छ । लक्की ड्रमार्फत टिभीएस एनट्रक स्कुटर, एलजी रिफ्रेजिरेटर, एलजी वासिङ मेशिन, डिजिकम एसी, थाइल्याण्ड भ्रमणको आउनेजाने टिकट, सौराहा होलिडे प्याकेजलगायतका उपहारहरु जित्न सकिने मलले जनाएको छ । 

फेस्टिभ सिजनको हरेक दिन हुने मनोरञ्जनात्मक कार्यक्रममा गायकगायिकाको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । फेस्टिभ सिजनको मिडिया पार्टनरको रुपमा चर्चित अनलाइन न्यूज पोर्टल सफल खबर डट कम रहेको छ । 

प्रतिक्रिया दिनुहोस