महरा प्रकरण : यस्तो रहेछ घटना

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, ०८ : २०
महरा प्रकरण : यस्तो रहेछ घटना

काठमाडौं । कृष्णबहादुर महराको राजनीतिमा दुई दिन यता नयाँ मोड देखा परेको छ । मुख्य राजनीतिक मोर्चा, पटक–पटकको सरकार र संसदको मोर्चामा तत्कालिन माओवादीबाट अवसर पाइरहेका नेता हुन्– कृष्णबहादुर महरा ।

तर सोमबारदेखि उनको राजनीतिक जीवन चीरहरण भएको छ,– एउटी महिलाका कारण । संसद सचिवालयमै काजमा काम गर्दै आएकी एउटी महिला कर्मचारीका कारण महराको लामो राजनीतिक जीवनकै अवसान हुन पुगेको छ ।

उनले आइतबार साझ ती महिला कर्मचारीको तिनकुने पेरिसडाँडा छेउको डेरामा पुगेर आफैले बोकेर लगेको रक्सी खाएर महिलामाथि वलत्कार गरेको आरोप लागेको छ । त्यसपछि सोमबार साँझ घटना सञ्चारमाध्यममा भाइरल बनेर सार्वजनिक भयो ।
घटनाको ४८ घण्टाको अन्तरालमा महराले राज्यको पाचौं मर्यादाक्रममा रहेको आफ्नो पदीय हैसियत सभामुखबाट राजीनामा दिन बाध्य भएका छन् भने उनको राजनीतिक जीवनमा सधैं साहारा बनेका नेकपा अध्यक्ष प्रचण्डलाई नै उनले घटनाका विषयमा ढाँटछल गरेका छन् ।

उनको राजनीतिक खुटकिलोमा सधैं मियो बनेका अध्यक्ष प्रचण्डलाई समेत घटनाका बारेमा महराले वेलिविस्तार लगाउन चाहेनन, बरु घटना लुकाउन नै उदृत देखिन खोजे । त्यसको परिणाम अहिले महराको करिव राजनीतिक अवसान हुन पुगेको छ ।

घटना यस्तो :
महरा र ती महिलाका बीचमा चिनजान २०४७ सालदेखि नै देखिएको छ । महिला र उनका श्रीमानसँग महराको त्यसबेला देखिकै चिनजान रहेको महिला समेतले विभिन्न सञ्चारमाध्यमलाई दिएको वयानमा स्वीकारेकी छिन् ।

उनीहरुको विवाह समेत दाङमा २०४७ सालमा महराले नै गराइदिएका थिए । त्यसबेला उनको श्रीमान विद्यार्थी संगठनको दाङ जिल्लाको पदाधिकारीमा थिए ।

जाजरकोटबाट अध्ययनका लागि दाङ झरेका थिए, उनको श्रीमान् । महरामाथि वलत्कारको आरोप लगाउने ती महिला पनि बाबु आमाको साथमा जनकरपुरबाट दाङ नै पुगेका थिइन् । त्यही बेला यी दुईको बीचमा चिनजान भएको हो । त्यसबेला महराले नै अहिले बलत्कारको आरोप लगाउने महिलाका बुढाबुढीका विवाह गराइदिएका थिए ।

जुनकुरा महिलाका श्रीमानले पनि बताइरहेका छन् । पीडित महिलाले ‘तथाकथित’ महिला अधिकारकर्मी बताउँदैं आएकी सवित्रि सुवेदीलाई पठाएको म्यासेजमा २९ वर्षदेखि आफू उच्च राजनीतिज्ञबाट हिंसामा पर्दै आएको बताएकी थिइन् ।

हेर्नुहोस सावित्रि सुवेदीलाई पठाएको म्यासेज

यसले पनि देखाउँछ महरा र ती महिलाका बीचमा लामो समयदेखि सम्बन्ध रहँदै आएको थियो । धेरैले यो घटनापछि मन मिल्दा मेला र नमिल्दा झमेला भएको रुपमा अर्थ्रयाईरहेका पनि छन् । घटनाका पक्ष–विपक्षदेखि सञ्चारमाध्यमा आएका  प्रतिक्रिया सरसर्ती नियाल्दा पनि यो भन्न सकिन्छ कि महरा र ती महिलाका बीचमा सम्बन्ध पुरानो देखिन्छ ।

महराको कमजोरीको फाइदा उठाउँदै ति महिलाले त्यसपछि भने उनीसँग अनेक माग राख्दै आएको र माग पूरा गर्नेरनगर्नेमा दुईवीच विवाद भएपछि आइतबारको घटना ‘वलत्कार’ का रुपमा वाहिर सार्वजनिक भएको उच्च स्रोतको जिकिर छ ।
 
माओवादी युद्दमा गएपछि भने महरा र आरोप लगाउने महिलाका दम्पक्तिका वीचमा सम्वन्ध देखिदैन । तर माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त दम्पक्तिसँग फेरि महराको हिमचिम वढेको देखिन्छ ।

खासगरी शक्ति वस्नेतले महिलाका श्रीमान्लाई आफू स्वास्थ्य मन्त्री हुदा नीजि सचिवालयमा ल्याएपछि महरा र उक्त दम्पतिका बीचमा फेरि सम्बन्ध विकसित भएको थियो ।

महिलाको श्रीमानसँगको राम्रो दौतरी सम्बन्धकै कारण महरालाई ती महिलाको डेरामा आउजाउका लागि वातावरण मिलिरहेको थियो । त्यसैको फाइदा महराले लिइरहेको बताउनेहरु पनि छन् ।

आइतबारको घटना के हो रु
महरा र ती महिलाको बीचको ‘सम्बन्ध’ नयाँ होइन । तर केही समय यता त्यही सम्बन्ध महरालाई टाउको दुखाई बन्दै आउन थालेको थियो । त्यो किन पनि भने, महरासँग ती महिलाले ३ ओटा माग तेर्साएकी थिइन् ।

उनका माग महरासँग यस्ता थिए :

१० मलाई आजीवन हेर्ने । अर्थात काठमाडौंमा सुविधासम्पन्न घर घडेरी जोडेर राखिदिनुपर्ने ।

२० महिनामा एक पल्ट भेटघाट गरिरहने ।

३० आफूले सिफारिस गरेका कुनै व्यक्तिलाई राजनीतिक नियुक्तिमा राख्न मिल्ने ठाउँमा राखिदिनुपर्ने ।

केही समय यता महरासँग ती महिलाले यस्तै शर्त राखेर वार्गेनिङ गरिरहेकी थिइन् । आफ्ना माग सम्बोधन नभए सार्वजनिक रुपमा बाहिर बोलिदिने, आफूसँगको सम्बन्ध सार्वजनिक गरिदिने र राजनीतिक अवसानको बाटोमा पु¥याईदिने धम्की महरालाई ती महिलाले दिन थालेकी थिइन् ।

महरा काजस्तान जानु अगाथि पनि ती महिलाले महरासँग यही माग गरेकी थिइन । तर महराले छलफलबाट टुंग्याउला भन्दै महिलालाई टार्दै आएका थिए । आइतबार उनको श्रीमान तनहुँ गएको महरालाई पनि जानकारी थियो । त्यही मौकामा ती महिलासँग बसेर उनले गर्न थालेको वार्गेनिङका विषयमा डिल गर्न महरा महिलाको तिनकुनेस्थित डेरामा पुगेका थिए ।

यस अतिरिक्त महिलाले स्थानीय विकास मन्त्रालयले गरेको कर्मचारी समायोजनामा पनि उनले महरासँग असन्तुष्टि जनाउँदै आएकी थिइन् । आफूलाई संसद सचिवालयमै पदस्थापनाको वातावरण मिलाउन पनि ती महिलाको महरामाथि दवाव थियो ।

धनुषाको ब्रम्हपुरीमा जन्मिएकी महिला साविकको जाजरकोट सकला गाविस ४ का एक जनस्वास्थ्यकर्मीसँगै विवाह गरेकी थिइन् ।
विवाहपछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी थिइन् ।

नागकिरता अनुसार उनको जन्म २०२६ पुस १६ गते हो । उनी सिनियर अनमी थिइन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा दरवन्दी रहेकी उनी संसद सचिवालयमा स्वास्थ्य मन्त्रालयको सचिव स्तरको निर्णयका आधारमा २०७५ कात्तिक ५ मा गएकी थिइन् ।

उनले त्यही वर्षको कात्तिक ६ गतेबाट संसद सचिवालयमा हाजिर गरेकी संसदको तथ्यांकमा देखिन्छ ।

त्यसो त उनले आफैले सचिवालयमा काम गरी पाउँ भन्ने पत्र संसद सचिवालयमा २०७५ को असोज २५ मा निवेदन दर्ता गराएकी थिइन् ।

त्यसबेला उनी कामनपा अन्र्तगतको संस्थागत क्लिनक विर अस्पतालमा काम गर्ने गर्थिन् ।

पछिल्लो पटक जुन दिन उनले महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाइन्, त्यही दिनबाट १८ असोजसम्म जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटमा काम गर्ने गरी काज बिदा मिलाएकी थिइन् ।

आइतबार रक्सी खाँदै कुरा गर्न खोजेका महरा र महिलाबीच पैसाको वार्गेनिङमा कुरा मिल्न सकेन । महिलाले पैसा माग्ने र महराले किन दिने ? भन्ने सवालजवाफ हुँदै गर्दा हात हालाहालको अवस्था आएको थियो ।

त्यसपछि दुवैले एकअर्कालाई पिट्ने कुटने सम्मका घटना भएको बताइएको छ । तर त्यसदिन महिलाले आरोप लगाएजस्तो महराले वलत्कार नै भने नगरेको बताईन्छ ।
कुटाकुटले नयाँ मोड लिएपछि भने महिलाले पुलिस बोलाउँछु भनेपछि महरा घटनास्थल छोडेर हिँडेका थिए । पछि प्रहरीले महिलाको डेरा पुगेर महिलाको बयान लिने, घटनास्थलका फोटोहरु खिच्ने गरेर फर्केका थिए । महिलाले आफूलाई सभामुख महराले कोठामा जर्वजस्ती आएर वलत्कार गरेको आरोप लगाएकी थिइन् । यो घटना साँझ ७ देखि ९ वजे बीचमा घटेको घट्ना हो । आइतबार राती ती महिलाको डेरामा भएको यत्ति हो ।

कसरी सार्वजनिक भयो ?
महिलाले राखेका मागमा कुरा नमिलेपछि र घटनाले नयाँ मोड लिएपछि महिलाले आफूमाथि वलत्कार भएको प्रहरीलाई बताइन् । पूर्वसभामुख ओनसरी घर्ती र कांग्रेस महिला संघकी अध्यक्ष तथा सांसद उमा रेग्मी अधिकारीलाई यो घटनाका बारेमा जानकारी गराइन् ।
ओनसरीले घटनालाई खास चासो देखाइनन् । तर रेग्मीले भने घटनाका बारेमा सोही बेलुकी नै महिलासँग लामो कुराकानी गरिन् । पार्टीका नेताहरुलाई राती नै जानकारी गराइन् ।

सोमबार विहान उनले कांग्रेस नेता गगन थापासँग यो विषयमा छलफल गरिन् । थापा र रेग्मीका बीचमा सञ्चारमाध्यमबाट घटना सार्वजनिक गराउने विषयमा छलफल भयो । त्यसपछि नै हो, कांग्रेसको पत्रकार संगठन प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई भएको जानकारी ।

उनीहरुले सिवाकोटीमार्फत उनको अनलाइनबाट महिलाको डेरामै पुगेर बयान लिनेदेखि सबै घटनालाई भिडियोमा रेर्कड गराउने सम्मका योजना बनाए । त्यही अनुसार रेग्मीले पीडित महिलासँग कुरा गरिन् । त्यही कुराकानीका आधारमा सिवाकोटी उनको कोठामा पुगेर घटना सार्वजनिक गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस