सुनको भाउ स्थिर, बढ्यो चाँदीको भाउ

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, ११ : ५३
सुनको भाउ स्थिर, बढ्यो चाँदीको भाउ

काठमाडौं । नेपालको सुनचाँदी बजारमा एक सातादेखि सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ ।

सोमबार सुनको भाउ प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । एक सताअघि पनि सुनको भाउ प्रतितोला ७१ हजार ३ सय रुपैयाँ नै थियो ।

तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो । 

प्रतिक्रिया दिनुहोस