भीभीआईपीले चढ्ने हेलिकप्टर एक अर्ब ४० करोडमा खरिद

विहीबार, ०२ असोज २०७६, १६ : ३४
भीभीआईपीले चढ्ने हेलिकप्टर एक अर्ब ४० करोडमा खरिद

काठमाडौं । नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर काठमाडौं आएको छ। नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो।

१ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।

यसको नेपाली दर्ता नम्बर ‘नाइएन पिएमए’ हुने छ। नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ। आठ सिट हुने यो हेलिकप्टरमा भीभीआर्इपी प्रायोजनका लागि सिट घटाउन सकिने छ।

प्रतिक्रिया दिनुहोस