प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

विहीबार, ०२ असोज २०७६, १४ : ५२
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले मादक पदार्थ सेवन गरेको पाइएपछि कारबाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजेका थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस