अनुदानको चामलबाट बन्छ मदिरा

पत्रपत्रिकाबाट

शुक्रबार, १९ माघ २०७४, ०७ : २०
अनुदानको चामलबाट बन्छ मदिरा

जुम्ला  । नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् ।

संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।

संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ ।

समाचारमा लेखिएको छ, चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ । अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस