स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

पत्रपत्रिकाबाट

शुक्रबार, १९ माघ २०७४, ०७ : १९
स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

काठमाडौं । सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।

सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन् ।

स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको खबर आजको नागरिक(काष्ठमण्डप)मा छापिएको छ ।

समाचारमा लेखिएको छ, निर्देशिकाको मस्यौदामा १२ बर्षभन्दा मुनिकाको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

१२ बर्ष मुनिकाको हकमा भने बसको सिट क्षमताभन्दा एक दशमलव ५ गुणा विद्यार्थी राख्न सकिने व्यवस्था छ ।

कम उमेरका बालबालिकालाई एउटै सिटमा दुईजनासमेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस