आन्दोलन फिर्ता लिन चितवन मेडिकल कलेजको आग्रह

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, ११ : ३६
आन्दोलन फिर्ता लिन चितवन मेडिकल कलेजको आग्रह

चितवन । चितवन मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत कलेजका विद्यार्थीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।

चितवन मेडिकल कलेज प्रा. लि. को प्रशासन विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न अनुरोध गर्दछौँ ।’

विज्ञप्तिमा शिक्षा मन्त्रालय एवं त्रिभुवन विश्वविद्यालयको निर्देशन पूर्ण पालना गरिने उल्लेख छ ।

विभिन्न माग राखेर आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाश चन्दसहित १७ जना विद्यार्थी बुधबार बिहान पक्राउ परेपछि कलेजले विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।
यस्तो छ विज्ञप्ति,


 

प्रतिक्रिया दिनुहोस