महानगर बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा केन्द्रित : प्रमुख दाहाल

मंगलबार, २४ भदौ २०७६, १५ : ०३
महानगर बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा केन्द्रित : प्रमुख दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिका बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा केन्द्रित भएको बताउनुभएको छ । 

भरतपुर महानगरपालिकाले गरेको महानगरसँग बालबालिका अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथि रहनुभएको महानगर प्रमुख दाहालले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा महानगर संवेदनशील भएर लागेको बताउनुभयो । उहाँले भविष्यका कर्णधार रहेका बालबालिकालाई सक्षम र सबल बनाउन महानगरले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा उहाँले भन्नुभयो, ‘बालबालिकालाई सक्षम र सबल बनाउन अझ थप कार्यक्रमहरु महानगरले ल्याउँछ, यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’

उहाँले बालबालिकालाई सक्षम बनाउनको  लागि महानगरसँग बालबालिका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले बालबालिकाको अनुशासन गहना भएको बताउँदै यसमा केन्द्रमा राखेर अघि बढ्न सुझाव दिनुभएको थियो । 

नगर बाल सञ्जाल भरतपुरको संयोजनमा भएको कार्यक्रममा ८० जना बालबालिकाको सहभागिता रहेको थियो । बाजबालिको आफ्नो क्षेत्रमा गरेका कामहरु र भोगेका समस्याबारे जिज्ञासा राखेका थिए । 

कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष आयुसा रामदामको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिमा उपमेयर पार्वती शाह र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी रहेका थिए । 

भरतपुर महानगरपालिकाले बालबालिकाहरुका लागि गरेको व्यवस्थाहरुः
–बालमैत्री शासन पद्धतीको अबलम्बन गरेको
–बालबालिका बिरुद्ध हुने सबै प्रकारका शोषण निषेधको नीति लिएको।
–बालकोषलाई निरन्तरता ९स्थापना भैसकेको०
–बालश्रममुक्त महानगरको अभियान संचालन 
–वडा तथा नगर बाल संजाल गठन भएको र बाँकी रहेका केहि वडाहरुमा यो वर्षमा गठन गरिने।
–बालगृहको अनुगमन गरी यसको व्यवस्थापनको कार्य सुरु भएको।
–सडक बालबालिका व्यवस्थापनको लागि पिटु सिटु ९प्रहरी नागरिक साझेदारी संचालन गरिएको सहयोग पिटु सिटुलाई यो वर्ष अझ व्यवस्थित गर्ने।
–विभिन्न जिल्ला तथा स्थानीय तहबाट आई यस महानगरमा रहेका सडक बालबालिकहरुलाई सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्ने।
–अनाथ असहाय बालबालिकाहरुको व्यवस्थापन गर्ने गरिएको।

कार्यक्रमहरुः
–बालबालिकाहरुसँग अन्तरक्रिया 
–बालमैत्री वडा र बालश्रममुक्त वडा घोषणा कार्यक्रम
–बालक्लब तथा बाल संजालहरुको क्षमता अभिबृद्धि 
–संचार माध्यमबाट बाल अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन 
–जनप्रतिनिधिहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम
–बालगृह अनुगमन
–बालगृह अनुगमन र बालमैत्री स्थानीय शासनसम्बन्धी कार्यविधि तयार गरिएको छ।
–यो वर्ष महानगरले बालबालिकाको लागि एक करोड बजेट विनियोजन गरेको छ।


 

प्रतिक्रिया दिनुहोस