अमेरिकामा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

एजेन्सी

विहीबार, १९ भदौ २०७६, १२ : ०७
अमेरिकामा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन्।

दुर्घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक रहेको छ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएका उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो । 

दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेका स्थानिय जोप्लिन प्रहरीले जनाएको छ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस