शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले जुटायो १०० प्रमाण

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १५ : ५५
शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले जुटायो १०० प्रमाण

चितवन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’विरुद्धको अभियोगपत्रमा एक सय वटा दशी प्रमाण जुटाएको छ । 
दशीको समान वा कसुरसँग प्रमाण लाग्ने अरु चीज बस्तु भन्दै प्रहरीले विभिन्न कागजात दशी प्रमाणका रुपमा जुटाएको हो । 
जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्कासहित अनुसन्धान अधिकारीहरुको आचारसंहिता, शालिकराम पुडासैनीको कल कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु रहेका छन् ।
त्यस्तै पक्राउ पुर्जी प्रतिवादीहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन,प्रतिवादीहरुको नागरिकताको फोटोकपी,प्रहरी प्रधान कार्यालय कार्य एव् अपराध अनुसन्धान विभागको परीक्षण प्रतिवेदन, प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहकको प्रतिवेदन, साउन ३० गते पक्राउका लागि पठाएको पत्र, प्रहरी निरीक्षक दयाकृष्ण भट्टको  प्रतिवेदन लगायत छन् ।  
शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस