चितवन । पत्रकार सालिकराम मत्यु प्रकरणका आरोपीको बयान भोलिसम्मका लागि लम्बिएको छ ।
जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आज अस्मिता कार्की रुकुको बयान सकिएको छ । बाँकी २ जना रवि लामिछाने र युवराज कंडेलको बयान भोलि बिहान १० बजेपछि लिइने छ ।
अदातलका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा लिखित बयान लिइएको हो । उनीहरुलाई आज प्रहरी हिरासतमा नै राखिने छ ।
सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगपत्र आज चितवन जिल्ला अदातलमा दर्ता गराएपछि बयान लिन सुरु भएको थियो । एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिएको हो । बयान सकिएपछि भोलि बहस हुनेछ ।
उनीहरुलाई प्रहरीले आजै विहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन मिसिलसहित पेस गरेको थियो । बहसपछिमात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ ।
मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गत्ते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याई प्रहरी हिरासतमा राखिएको छ । पुडासैनी साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०७६, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज