इङ्लिस प्रिमियर फुटबल लिगमा चेल्सीको पहिलो जित

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०७६, २० : ५९
इङ्लिस प्रिमियर फुटबल लिगमा चेल्सीको  पहिलो जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा  चेल्सीले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो ।

प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा टमी अब्राहमले दुई र मिसन माउन्टले एक गोल गरे ।घरेलु टोली नर्विचका टोड कान्टवेल र टेमु पुक्कीले  एक एक गोल गरेका थिए । चेल्सीले तेस्रो मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको थियो । तीन मिनेट लगत्यै घरेलु टोलीको तर्फबाट कान्टवेलले बराबरी गोल फर्काए । १७औ मिनेटमा माउन्टले पुनः चेल्सीलाई अग्रता दिलाए ।

३१औ मिनेटमा पुक्कीको गोलसंगै नर्विचलाई खेलमा फर्काएका थिए । त्यसपछि ६८औ मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित पक्का बनाए । जितसंँगै चेल्सी तीन खेलबाट चार अंक बनाएको छ । नर्विचको समान खेलबाट तीन अंक छ ।

प्रतिक्रिया दिनुहोस