प्रभु शाहले दिए पदबाट राजीनामा

नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु शाहले नेतृत्वको असहयोगका कारण पदबाट राजीनामा

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, ०९ : २०
प्रभु शाहले दिए पदबाट राजीनामा

काठमाडौं । सत्तारुढ दल नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु शाहले पदबाट राजीनामा दिएका छन् । जनकपुरमा आयोजित रामवृक्ष यादव स्मृति दिवसको कार्यक्रम सकेपछि उनले आफनो पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएका छन् । काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको उनले पदबाट राजीनामा दिएका हुन् । उनी गत असोज ५ मा पार्टी सचिवालयबाट अध्यक्षमा चयन भएका थिए ।

शाहले यस बारेमा केही बताईसकेका भने छैनन् । उनीसँगको टेलिफोन सम्र्पक हुन सकेको छैन । तर उनका स्वकयि सचिव निभेस कुमारले शाहको राजीनामा पुष्टि गरेका छन् । उहाले राजीनामा अध्यक्ष प्रचण्डलाई बुझाउनु भएको छ, स्वकिय सचिव निभेसले बताए ।

प्रतिक्रिया दिनुहोस