केही गरी सुुख छैन श्वेतालाई

पत्रपत्रिकाबाट

सोमबार, ०२ भदौ २०७६, १७ : ४४
केही गरी सुुख छैन श्वेतालाई

काठमाडौं । भिनेता श्रीकृष्ण श्रेष्ठले संसार छोडेको गत साउन २५ गते ५ वर्ष भयो। त्यस दिन श्रीकृष्णका फ्यानहरुले उनलाई सम्झिए। कति फ्यानले सामाजिक सञ्जालमा उनीसँग खिचाएका तस्बिर सार्वजनिकसमेत गरे तर उनकी पत्नी श्वेता खड्काको फेसबुकमा त्यो दिन खासै केही पोस्ट आएन।

सबैले आश गरेका रहेछन्, श्वेताले त त्यसदिन त पक्कै उनको सम्झना गर्छिन्। तर, श्वेतालाई सामाजिक सञ्जालमा तस्बिर राखेर सम्झना गर्नु उचित लागेन। त्यसैले कतिले त श्वेताले श्रीकृष्णलाई बिर्सँदै गएको आरोपसमेत लगाए तर उनी त्यस दिनलाई सम्झने भन्दा पनि बिर्सने मन रहेछ !

तर श्वेता फेसबुकमा लेख्छिन्, ‘मेरा प्रेमी, पति, मित्र र अविभावकको भूमिका निर्वाह गरेर मलाई सिनेमाकोजगतमा पाइला चाल्न सिकाउने ती व्यक्ति जसलाई मैले भौतिक रुपमा सदासदाको लागि गुमाएको छु, मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झन भन्दा पनि बिर्सन चाहन्छु।’

त्यसै पनि कसैलाई सम्झनु छ भने देखावटी रुपमा सम्झन कुनै आवश्यकता छैन। घरमा, आफन्तसँग या अरु नै केही गरी सम्झन सकिन्छ तर हाम्रा फिल्मकर्मी र तिनका अनुयायी कतिसम्म ढोंगी छन् भने सम्झनका लागि फेसबुक या अन्य सामाजिक सञ्जालमा रोनाधोना गर्नु नै सबैभन्दा ठूलो माया देखाउनु हो भन्ठान्छन्।

खैर, दर्शक स्रोताको ढोंगीपनलाई शमन गर्न भए पनि कम्तीमा श्वेताले आफ्नो कर्तव्य निभाइन्। तर उनको काम अब श्रीकृष्णलाई सम्झेर जीवनभर पिञ्चे अनुहार लगाउने भन्दा पनि नयाँ घर बसाउनेतर्फ भने ध्यान दिन आवश्यक छ। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस