नेकपा सचिवालय बैठक आज , जवस मोर्चाको इन्चार्ज तोकिदै

मुख्य जवसको इन्चार्जमा शीर्ष नेताहरुका आ–आफनै रोजाई

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, ०८ : २४
नेकपा सचिवालय बैठक आज , जवस मोर्चाको इन्चार्ज तोकिदै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टी अन्र्तगतका जनवर्गीय संगठनका इन्चार्ज तोक्ने तयारी छ ।

हिजो शनिबार नै बैठक बसेर जवस मोर्चाको इन्चार्ज तोक्ने, केन्द्रीय आयोग गठन गर्ने र उपत्यका विशेष प्रदेशहरुको गठन गर्ने बताइएपनि गृहकार्य नपुगेको भन्दै आज दिउँसो सम्मलाई बैठक स्थगित गरिएको थियो ।

हिजो साझसम्म दुई अध्यक्षले जवस मोर्चाको इन्चार्जसिपका विषयमा आन्तरिक गृहकार्य गरेका थिए ।

नेकपाभित्र जवस मोर्चाको इन्चार्जका विषयमा पूर्व एमाले वृत्तमै समझदारी बनेको छैन । ओली पक्षले प्रभावशाली संगठनको इन्चार्जमा ओलीले आफ्नो पक्षका नेतालाई मात्र जिम्मेवारी दिन खोजेको भन्दै नेपाल पक्ष असन्तुष्ट छ ।

जवस मोर्चाको इन्चार्जसिपका विषयमा पार्टीभित्र विधि र प्रक्रियाका विषयमा छलफल नभएको नेपाल पक्षले बताईरहेको छ ।

दुई अध्यक्षले गृहकार्य गर्नु अगाडी प्रचण्डले वरिष्ठ नेता माधव नेपाल सँग पनि छलफल गरेका थिए ।

आजको बैठकले जनवर्गीय संगठनको इन्चार्जसिप, केन्द्रीय आयोगको गठन, कम्युनिष्ट जेष्ठ मञ्च, सल्लाहकार परिषद, विशेष प्रदेशहरुको काम टुंगो लगायो भने कन्द्रीय निकायबाट टुंग्याउनु पर्ने एकताको काम सम्पूर्ण रुपमा टुंग्गिने नेताहरुको भनाई छ ।

नेकपामा २२ जनवर्गीय संगठन छन् । जवस मोर्चाभित्र खासगरी युवा, विद्यार्थी, मजदुर, महिला लगायतको नेतृत्व गर्ने गरी इन्चार्जसिप आफ्नो पक्षका नेतालाई बनाउने होडबाजी शीर्ष नेताहरुमै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस