राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन

मंगलबार, १६ माघ २०७४, १३ : ०८
राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन भएका छन् । राष्ट्रिय सभाका ५६ सदस्यका लागि नेपाली काँग्रेसले २६ नेतालाई उम्मेदवार बनाएको थियो ।

माघ २४ मा निर्धारित निर्वाचनमा काँग्रेसबाट प्रदेश ३ र ६ बाहेकका अन्य प्रदेशबाट आठ उम्मेदवार निर्विरोध भएका छन् । प्रदेश १ ,२ र ७ बाट बाट २÷२ जना चयन भएका छन् भने प्रदेश ४ र ५ बाट १÷१ निर्विरोध चयन भएका छन् ।

प्रदेश १ बाट रमेशजंग रायमाझी र सरिता प्रसाई चुनिएका छन् भने प्रदेश २ बाट  जितेन्द्र देव र मुक्ताकुमारी यादव निर्विरोध भएका छन् । त्यस्तै प्रदेश ४ र ५ बाट क्रमशः प्रकाश पन्थ र अनिता देवकोटा निर्विरोध चुनिएका छन् । प्रदेश ७ बाट उम्मेदवार बनेका बद्रि प्रसाद पाण्डे र तारादेवी भट्ट पनि निर्विरोध भएक । छन् ।प्रदेश १ मा  खुला तथा अन्यबाट रायमाझी उम्मेदवार बनेका थिए भने प्रसाई महिला तर्फबाट उम्मेदवार बनेकी हुन् । राममाझी खुम वहादुर निकट हुन् । मोरङ घर भएका उनले नेपाल विद्यार्थी संघवाट राजनीति शुरु गरेका थिए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेकी झापाकी प्रसाई हाल कृषी राज्यमन्त्रीको छन् ।

प्रदेश नम्बर दुईमा काँग्रेसबाट जितेन्द्र देव र मुक्तादेवी यादव उम्मेदवार बनेका थिए । देव र यादव आसन्न चुनावमा प्रदेश २ बाट निर्विरोध छनौट भएका छन् । पर्यटन मन्त्रालय सम्हालिरहेका देव तत्कालीन फोरम लोकतान्त्रिकको उपाध्यक्ष थिए । महिला तर्फबाट उम्मेदवार बनेकी यादव शिक्षीका हुन् । ०७० मा यादव समानुपातिक सभासद् पनि बनेकी थिइन् ।
प्रदेश ४ मा अपाङ तर्फबाट उम्मेदवार बनेका प्रकाश पन्त निर्विरोध चयन भए भने प्रदेश ५ बाट  महिला कोटाबाट

उम्मेदवार बनेकी अनिता देवकोटा पनि निर्विरोध चयन भएकी छन्  । दाङकी कांग्रेस नेतृ देवकोटा  निर्वतमान सांसद् हुन । प्रदेश सातबाट काँगे्रस केन्द्रीय सदस्य बद्री पाण्डे खुला तर्फ र  तारादेवी भट्ट महिला कोटाबाट निर्विरोध राष्ट्रिय सभामा चयन हुँदैछन् । बाजुरा घर भएका पाण्डे नेपाली विद्यार्थी संघबाट राजनीति शुरु गरेका हुन् । पाण्डे केन्द्रिय सदस्यमा निर्वाचित नेता हुन्  । महिला कोटाबाट निर्विरोध भएकी भट्ट कञ्चनपुरवासी हुन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल र बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइने वताइएको छ । राष्ट्रिय सभाका लागि ५६ जनाको निर्वाचन मार्फत चयन गरिने छ भने तिन जना सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा मनोनित गरिनेछ । आवश्यक ५६ जनाका लागि ८३ जनाको उम्मेदवारी परेको थियो । विभिन्न दलबाट २४ सदस्य निर्विरोध भएपछि राष्ट्रिय सभाका लागि अब ३२ सिटका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस