काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा चीनले औधोगिक पार्क बनाईदिने भएको छ । ओली आफै अध्यक्ष रहेको लगानी वोर्ड बैठकले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा औधोगिक पार्क निर्माणका लागि वैदेशिक लगानी भित्राउन स्वीकृत दिएको थियो ।
लगानी वोर्डको अध्यक्ष स्वयं प्रधानमन्त्री छन् । ओलीकै अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्रमा औधोगिक पार्क बनाउन स्वीकृत गरेको हो ।
ओलीको निर्वाचन क्षेत्रमा औधोगिक पार्क निर्माणका लागि चिनले सहयोग गर्न लागेको हो । शुक्रवार बसेको लगानी बोर्डको बैठकले ६४ लाख रुपैया बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो ।
झापाको दमक, लखनपुर गौरादह नगरपािलकामा नेपाल चीन मैत्री औधोगिक पार्क निर्माण हुन लागेको हो ।
चीनको सरकारी स्वामित्व भएको कम्पनी ल्ह्रासा इकनोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ–पिङ ज्वाइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कर्पाेरेसन लिमिटेडले पार्क निर्माण गर्न लागेको हो ।
पार्क निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न दमक क्लिन इन्डस्टियल पार्क प्रालिलाई अनुमति दिईएको छ । पार्क निर्माणका लागि हजार विघा जमिन अधिग्रहण गरिसकिएको छ । २१ सय विघा जमिन आवश्यक पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०७६, ०९ : १०
लेखकबाट थप