प्रचण्ड फर्किए स्वदेश, ओली सिंगापुरमा

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, ०७ : ०१
प्रचण्ड फर्किए स्वदेश, ओली सिंगापुरमा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फर्किनु भएको छ । १४ साउनमा नीजि पारिवारिक भ्रमणका लागि स–परिवार यूएई प्रस्थान गरेका अध्यक्ष प्रचण्ड हिजो बेलुकी स्वदेश फर्किनु भएको हो ।

प्रचण्डसँगै पत्नी सीता दाहाल, भरतपुर महानगरपालिकाका मेयर समेत रहेकी रेणु दाहाल, स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल लगायतका टोली यूएई प्रस्थान गरेका थिए ।

४ दिने भ्रमण पूरा गरी प्रचण्ड परिवार शनिबार राती स्वदेश आईपुगेको उनको नीजि सचिवालयले जनाएको छ ।

प्रचण्डलाई स्वागत गर्न उर्जा मन्त्री वर्षमान पुन, नवयिनुक्त पर्यटन मन्त्री योगेश भटट्राई, खानेपानी मन्त्री समेत रहेकी बुहारी बिना मगर, पूर्व सभामुख ओनसरी घर्ती लगायत त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

उता, नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली हिजो नै सिंगापुर पुगेका छन् । उपचारका सिलसिलामा ओली पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत ९ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार राती सिंगापुर पुगेका हुन् ।

ओलीले सिंगापुर प्रस्थान अगाडी त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफु उपचारका लागि सिंगापुर जान लागेको बताएका थिए ।

ओली एक साता सम्म सिंगापुरमा रहनेछन् । उनको त्यहाँ नेशनल युनिर्भसिटी अस्पतालमा उपचार हुने उनका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस