थारु पत्रकार संघ चितवनको अध्यक्षमा सुमित्रा महतो

सफल खबर संवाददाता

शनिबार, १८ साउन २०७६, २१ : ३१
थारु पत्रकार संघ चितवनको अध्यक्षमा सुमित्रा महतो

 चितवन । थारु पत्रकार संघ चितवनको अध्यक्षमा सुमित्रा महतो सर्वसम्मत चयन भएकी छिन । सनिवार भरतपुरमा सम्पन्न तेस्रो जिल्ला अधिवेसनबाट सुमित्राको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।  
यस्तै संघको उपाध्यक्षमा मनोज चौधरी, सचिवमा संजय चौधरी, सहसचिवमा ज्योति महतो, कोषाध्यक्षमा दिव्या महतो सर्वसम्मत चयन भएका छन ।  कार्यसमिति सदस्यहरुमा शिव चौधरी, विजय चौधरी, दिपेन्द्र चौधरी, राकेश चौधरी, प्रमिला चौधरी, राकेश चौधरी, रीता चौधरी रहेका छन । 
अधिवेसनका लागी संघका केन्द्रिय अध्यक्ष मदन चौधरी चितवन आएका थिए । उनले थारु पत्रकारलाई सामाजीक, राजनितिक अन्य विषयसँगै आदिवासी थारु लगायत पछाडी पारीएका समुदायको हक, अधिकारका बारेमा अझ धेरै कलम चलाउन आग्रह गरे । 
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेस्याम खतिवडाले पत्रकारले सवै विषयलाई उठाउदै गर्दा भाषा, धर्म, संस्कृतिलाई पनि उत्तिकै महत्वका साथ उठाउन आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस