नख्खु कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ साउन २०७६, १४ : ५८
नख्खु कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् ।

ललितपुर प्रहरीका अनुसार शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडप भएको थियो । कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका पवनकुमार महतोले राजीमाथि इट्टाको ब्लकले आक्रमण गरेका हुन् ।

प्रहरीका अनुसार दुई जनाबीच जेलभित्रै झगडा भएको थियो र त्यसक्रममा महतोले राजीको टाउकोमा इट्टा प्रहार गरेका थिए । 
राजीलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उनको बाटोमै मृत्यु भएको हो । अहिले राजीको शवलाई  वीर अस्पतालमै राखिएको छ । झगडाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस