चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा बिहिबार राति आगजनी भएको छ । राती करिब २ बजे आगजनी भएको हो ।
आगजनीबाट कार्यालयको २ वटा कोठामा क्षति भएको छ । अज्ञात समुहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए ।
आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयको कोठामा रहेको कागज पत्र पुर्ण रूपमा क्षति भएको छ । विवादित जग्गामा वडा कार्यालय भएकाले वडा कार्यालयमा भएको महत्वपूर्ण प्रमाण नष्ट गर्न सुनियोजित रुपमा आगजनी गरिएको हुन सक्ने आशंका गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०७६, ०८ : ४८
लेखकबाट थप