चितवन । भरतपुरमा रहेको सन्देश फाउण्डेसनका सञ्चालक गौरव ढकाललाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको नाम बेचेर ठगी गरेको आरोपमा ढकाललाई काठमाण्डौबाट विहिवार पक्राउ गरीएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले बताए । पक्राउ परेका ढकाललाई अहिले काठमाण्डौबाट चितवनतर्फ ल्याउदै गरेको मल्लले बताए ।
प्रहरीकाअनुसार ढकालले गृहमन्त्री रामबहादुर थापा 'बादल'को सचिवालयमा काम गर्ने दावी गर्दै असुली धन्दा गर्दै आएका थिए । उनले सिडिओ र एसपीको नाम बेचेर ठगि गरीरहेको विशेष सुचनाका आधारमा पक्राउ गरीएको बताए ।
यस्तै मिटर व्याज कारोबारीमा पनि सम्लग्न भएको सुचना रहेको प्रहरीले जनाएको छ । उनले आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरु लाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्धा, अवैध ढुकुटी र मिटरव्याजको काम गर्दै आएको प्रहरीको दावी छ ।
प्रतिक्रिया दिनुहोस