दूधको मूल्य वृद्धि गर्न माग

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, १६ : ३८
दूधको मूल्य वृद्धि गर्न माग

चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मुल्य बढाउन माग गरेको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघले बिहीबार पत्रकार सम्मेलन गरि दूधको मुल्य बढाउन सरकारलाई अल्टिमेटम दिएको हो । तीन बर्ष पहिले फ्याटमा ५ दशमलब ५० र एसएन एफमा २ दशमलब ९२ हुँदा टिएस ३२ दशमलब ७५ प्रतिशत पर्दा दूधको मुल्य ४८ रुपैया ३६ पैसा पर्न जान्छ । हालसम्म सो मुल्य यथावत् रहेको किसानहरुले जनाएका छन् । 

दुधको मूल्य तत्कालै प्रति लिटर न्युनतम १० रुपैयाँ नघटाई बृद्धि हुनुपर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगाले बताउनुभयो । उहाँले अन्यथा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । 
 

प्रतिक्रिया दिनुहोस