सीआइबीद्वारा काठमाडौंका अवैध चिकित्सा सेवा दिने १७ जना डाक्टर पक्राउ

सोमबार, १५ माघ २०७४, १९ : ३०
सीआइबीद्वारा काठमाडौंका अवैध चिकित्सा सेवा दिने १७ जना डाक्टर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अवैध रूपमा चिकित्सा सेवा प्रदान गरेको भन्दै १७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । 

काठमाडौंका विभिन्न ५ वटा क्लिनिकमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको थियो ।
छापा मारिएका स्वास्थ्य संस्थाहरुमा एपोलो इन्टरनेश्नल क्लिनिक (सोह्रखुट्टे), चाइना ग्रेटवाल क्लिनिक (बौद्ध) र सिम्रिक अस्पताल लगायत रहेका छन् ।  

नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिई क्लिनिकमा आबद्ध भएका चिकित्सक र सरकारी निकायबाट अनुमति नलिई सञ्चालनमा ल्याइएका नर्सिङ होम र क्लिनिकमा छापा मारिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी पुष्कर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस