अज्ञात समूहद्वारा धनगढीको एनसेल टावरमा आगजनी

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ०९ : ३१
अज्ञात समूहद्वारा धनगढीको एनसेल टावरमा आगजनी

कैलाली । धनगढी उप–महानगरपालिका –६ जालीमा रहेको एनसेल टावरमा बुधबार राति अज्ञात समूहले  आगजनी गरेका छन् ।  
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राति सवा १२ बजेको समयमा आगजनी गरिएको बताए । उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन् । तर, विप्लव समूहले आगजनी गरेको आशङ्का गरेका छौँ ।’ गेटको ताला काटेर टावरमा आगजनी गरिएको उनले बताए । आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन् । एनसेल टावरमा आगजनी भएको खबर पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो । घटना बारे थप अनुसन्धान भइरहेको बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस