नवलपरासीको एनसेल टावरमा आगजनी

सफल खबर संवाददाता

विहीबार, १६ साउन २०७६, ०८ : ४८
नवलपरासीको एनसेल टावरमा आगजनी

नवलपरासी । पूर्वी नवपरासीको कावासोती नगरपालिका –१० मगरकोटमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी भएको छ।  
आगजनी कसले र किन गरेको भन्ने केहि खुलेको छैन । आगजनीबाट टावरमा राखिएको जेनेरेटर पूर्ण रुपमा नष्ट भएको छ । टावरमा लागेको आगो स्थानिय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको बताइएको छ । आगजनी गर्नेको खोजी कार्यसँगै अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सहायक प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस