बालिका करणीको आरोपमा भरतपुरका एक व्यक्ति पक्राउ

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, ११ : ५७
बालिका करणीको आरोपमा भरतपुरका एक व्यक्ति पक्राउ

चितवन । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा चितवनको भरतपुरबाट एक व्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा न ३ का ३५ वर्षीय कोहरी श्रेष्ठलाई पक्राउ गरीएको हो । भरतपुर महानगरपालिका ३ का एक १२ वर्षीय बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी जनाएकोे छ । 

प्रतिक्रिया दिनुहोस