चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने २ जना पक्राउ

मंगलबार, १४ साउन २०७६, १९ : १०
चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने २ जना पक्राउ

चितवन । खोलामा करेन्ट लगाएर माछा मार्ने २ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रत्ननगर नरपालिका १० का १८ वर्षीय विक्रम तामाङ र सोही स्थानका २६ वर्षीय साहिला विक रहेको प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्ता एक नारायण कोईरालाले बताए । 
रत्ननगर नगरपालिका ११ स्थित खगेरी खोलामा विजुलीको नाङ्गो तारमा हुकिङ गरेर माछा मारिरहेको अवस्थामा २ जनालाई आज पक्राउ गरीएको प्रहरीले जनाएको छ । 
उनिहरुबाट हुकिङ गर्ने तार पनि फेला पारीएको छ । नियन्त्रणमा लिइएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय टाँडीमा राखेर थप अनुसन्धान भइरहेको जनाइ्एको छ । 

प्रतिक्रिया दिनुहोस