प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न मन्त्रालयको निर्देशन

मंगलबार, १४ साउन २०७६, १८ : २०
प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न मन्त्रालयको निर्देशन

सुरुङ्गा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ । 

मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ समाप्त भएकाले कार्यसम्पादन मूल्याङ्कन फाराम, सम्पत्ति विवरण बुझाउनेजस्ता कार्य गर्नुपर्ने भएकाले प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र छाडी नजान निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय प्रशासन शाखाका शाखा अधिकृत महेशकुमार दाहालले जानकारी दिनुभयो ।

उहाँले कार्य क्षेत्र छोडी काज तथा बिदामा रहँदा स्थानीय तहको काममा बाधा हुने हुँदा बिदा/काजमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल कार्यक्षेत्रमा फर्की कामकाज गर्न निर्देशन दिनुभयो । यसअघि बाढीपहिराकोे बेलासमेत मन्त्रालयले स्थानीय तहका प्रशासकीय प्रमुखलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस