बहुविवाह गर्ने एक जोडी चितवन प्रहरीको फन्दामा

सफल खबर संवाददाता

मंगलबार, १४ साउन २०७६, १० : ०५
बहुविवाह गर्ने एक जोडी चितवन प्रहरीको फन्दामा

चितवन । बहुविवाह गरेको आरोपमा एक जोडीलाई चितवन प्रहरीेले पक्राउ गरेको छ । धादिङ गल्छि गाउँपालिका वडा न ७ घर भई हाल चितवनको खैरहनी नगरपालिका २ सिमलघारी बस्ने २५ वर्षीय इशान विक र एक महिलालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
इसानले दोश्रो विवाह गरेको भनि इसानका जेठी श्रीमतीले दिएको किटानी जाहेरीका आधारमा खैरहनी नगरपालिका २ बाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । 
उनिविरुद्ध बहुविवाह मुद्धामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस