गोहिले आक्रमण गर्दा माडीमा एक व्यक्ति घाईते

सफल खबर संवाददाता

मंगलबार, १४ साउन २०७६, ०९ : ४३
गोहिले आक्रमण गर्दा माडीमा एक व्यक्ति घाईते

सांकेतिक तस्विर

चितवन । गोहिले आक्रमण गर्दा चितवनको माडीमा एक व्यक्ति घाईते भएका छन । माडी नगरपालिका १ रिउ खोलाका स्थानिय २३ वर्षीय सुर्य बोटे घाईते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुर्यलाई सोमबार दिउँसो पौने ४ बजे भैँसी चराउन जाने क्रममा गोहीले आक्रमण गरेको थियो । उनको अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस