छोराछोरीलाई यसरी सिकाउने हात धुन

सोमबार, १३ साउन २०७६, २१ : १९
छोराछोरीलाई यसरी सिकाउने हात धुन

काठमाडौं । स–साना नानीबाबु धुलोमाटोमा खेल्ने गर्छन्। त्यसैले उनीहरूका हात कीटाणुका शिकार हुने गरेका छन्। फोहोर हात संक्रामक रोगको कारण बन्छ। बच्चाहरूलाई सही तरिकाले हात धुन सिकाउन आवश्यक छ।

–कीटाणु स्वस्थ मानिस बिरामी पर्नुको कारण बन्न सक्छ। खोक्दा, फोहोर सामान छुँदा हातमा कीटाणु सर्ने गर्छन्। त्यसैले साबुन पानीले राम्ररी हात सफा गरी धुनुपर्छ।

–बच्चालाई हात धुन सिकाउन बाहिरबाट घर फर्केपछि बाथरुम प्रयोग गर्नुपर्छ। कुनै पनि पशुलाई छोएपछि, खोकेपछि हात धुनुपर्छ भन्ने बालबालिकालाई सिकाउनुपर्छ।

–पानीले मात्र नभई साबुन र पानीले रगडेर औँला, हत्केलालगायत धुनुपर्छ भन्ने छोराछोरीलाई सिकाउनुपर्छ।

–रमाइला गीत वा नर्सरी राइम सुनाएर पनि बालबालिकालाई हात धुन प्रोत्साहित गर्न सकिन्छ।

–साबुन राख्ने भाँडो बच्चा आकर्षित हुन सक्ने किसिमका हुनुपर्छ। जसलाई देखेर पनि छोराछोरी हात धुन मन गर्छन्। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस