चितवन । पौडी खेल्ने क्रममा डुवेर चितवनको रत्ननगर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । रत्ननगर नरपालिका ३ कयर खोलामा स्थानिय देवराज कंडेलका १४ वर्षीय छोरा संदिप कंडेलको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनि साथिहरुसँग पौडी खेल्ने क्रममा सोमवार दिउँसो डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कंडेलको सव उनकै साथीहरुले खोला किनारमा निकालेको अवस्थामा मुचुल्का उठाई भरपतुर अस्पतालको सव गृहमा लगीएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०७६, २० : ०७
लेखकबाट थप