साहित्यकार अप्सरा तिम्सिनाको निधन

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १३ : ४०
साहित्यकार अप्सरा तिम्सिनाको निधन

चितवन । हेटौंडा निवासी साहित्यकार अप्सरा तिम्सिनाको उपचारका  क्रममा  आइतबार राति चितवनमा निधन भएको छ। आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत रहेकी  तिम्सिना २०३२ सालमा जन्मिएकी थिइन् । उनी मकवानपुरे साहित्यमा चर्चित अनुहार समेत हो । 
एक हप्ताअघि घरको बाथरुममा लडेर समान्य घाइते भएकी उनलाई जरो आउने तथा जिउ गल्ने समस्या भएपछि उपचारको लागि भरतपुर लगिएको थियो। मकवानपुरको लोकप्रिय साहित्यक सस्थाको रुपमा रहेको साहित्य संगम मकवानपुरको उपाध्यक्ष समेत भैसकेकी उनले कथा तथा कविता संग्रह प्रकाशित भएको छ। 
साहित्यकार अप्सरा तिम्सिनाको निधन पत्याउनै नसकिने घटना भएको र यस घटनाले मकवानपुरे साहित्य क्षेत्रमा ठुलो क्षति पुगेको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । 

प्रतिक्रिया दिनुहोस