प्रवक्ता पम्फा भुसाल भन्छिन्,- 'साम्राज्यवादी शक्तिले बाम गठबन्धन भाँड्न खोज्यो'

सोमबार, १५ माघ २०७४, १६ : ४६
प्रवक्ता पम्फा भुसाल भन्छिन्,- 'साम्राज्यवादी शक्तिले बाम गठबन्धन भाँड्न खोज्यो'

काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रवक्ता पम्फा भुसालले साम्राज्यवादी शक्तिले बाम गठबन्धनलाई भाड्न खोजेको आरोप लगाएकी छन् । 

प्रेस सेन्टर नेपालको १४ औ स्थापना दिवसको अवसरमा काठमाण्डौमा महिला विभागको भेला तथा प्रशिक्षण एवम सम्मान कार्यक्रममा बौल्दै प्रवक्ता भुसालले उक्त आरोप लगाएकी हुन् । भुसालले  जनताको अभिमत र विश्वासका कारण बाम एकताबाट कसैले रोक्न नसक्ने समेत ठोकुवा गरिन् ।  

आफ्नो पार्टी संगठनभित्र अराजतकता मौलाएको स्वीकार गर्दै नेतृ भुसालले युद्धकालमा जति व्यवस्थित संगठन थियो त्यति शान्ति प्रक्रियामा आउँदा नभएको समेत स्पष्ट पारिन् ।  पार्टी कार्यकर्ताको समानुपातिक र न्यायोचित ढंगले व्यवस्थापन गर्न नसकेका कारण पार्टीले फुट र विभाजनको क्षति व्यहोर्नु परेको बताउँदै उनले कैयौं असन्तुष्टीहरुले राजनितिक रुप लिएको हुँदा माओवादी आन्दोलन फुटको संघारमा पुगेको दाबी गरिन् ।  

२१ औ शताब्दीमा नेपालको राजनितिमा धेरै परिवर्तन भएको कारण विश्वको भाग्यमान नागरिक नेपाली भएको भन्दै भुसालले प्रदेश तहमा ३३ प्रतिशत महिला आउनु पर्ने प्रावधान हुदा हुदै पनि निकै कम महिलाहरु निर्वाचित भएको बताएकी छिन्  ।

कार्यक्रममा माओवादी जनयुद्ध तथा जनआन्दोलनमा योगदान पुर्याउने महिला पत्रकारहरु कल्पना देवी न्यौपाने,अरुणा रायमाझी,संगीता खड्का,देवकी तिमल्सीना,स्मृती निरौला,हरिमाया शर्मा,मञ्जु बम, कुशुम शर्मा, ज्योती शर्मा,अम्बिका चन्द, शिला घर्तीमगर,सिर्जना लामा, कल्पना बिसुराल दाहाल, तारा राई, खेम कुमारी सुम्निमा, सबि बाँनिया, सिता अधिकारी, मेनका चौधरी, लालकुमारी पुन र मुना नायक भण्डारी गरी २५ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस