बगैँचा अभियान : छेच्यु थर्पलीङ गुम्बा परिसरमा रोपियो विरुवा

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १० : ३७
बगैँचा अभियान : छेच्यु थर्पलीङ गुम्बा परिसरमा रोपियो विरुवा

चितवन । भरतपुरलाई फलफुलको बगैचा बनाउने अभियानले तिव्रता पाएको छ । प्रदेश ३ सरकारको सहयोगमा भरतपुर महानगरपालिकाले स्थानीयसँगको सहकार्यमा नगरका विभिन्न स्थानमा फलफुलका विरुवा रोप्ने कार्यलाई तिव्रता दिएको हो ।

बगैचा कार्यक्रम अन्तर्गत सोमबार भरतपुर ११ भोजाडमा रहेको छेच्यु थर्पलीङ गुम्बा परिसरमा दुई सय फलफुलका विरुवा रोपीएका छन । महानगरसँगको समन्वयमा लिची, कटहर लगायतका विरुवा रोपीएको भरतपुर नगर तामाङ समाजका पुर्व अध्यक्ष गंगालाल तामाङले बताए । 

प्रदेश सांसद विजय सुवेदीले विरुवा रोपेर उद्घाटन गरेका थिए । उनले भरतपुरलाई आगामि दिनमा फलफुलको बगैँचाको रुपमा परिचय दिने गरी अभियान सञ्चानल भईरहेकाले यो अभियानमा सहभागि हुन सबैलाई आग्रह गरेका थिए । विरुवा रोप्नु ठुलो कुरा नभए पनि यसलाई हुर्काउनु ठुुलो कुरा भएको उनको भनाई थियो । 

महानगरका विभिन्न खाली जग्गामा फलफुलको विरुवा रोप्न महानगरले विरुवा उपलव्ध गराउने गरेको छ । बगैँचा अभियान अन्तर्गत, मन्दिर, गुम्बा, विभिन्न कार्यालय परिसर, टोल, सडक छेउ लगायत खाली स्थानमा महानगरले फलफुलका विरुवा रोप्ने अभियानलाई तिव्रता दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस