दूब्लो हुनुहुन्छ ? यसरी मोटाउन सकिन्छ !

आइतबार, १२ साउन २०७६, २१ : ३०
दूब्लो हुनुहुन्छ ? यसरी मोटाउन सकिन्छ !

फाईल फोटो

एजेन्सी  । एकातिर कैयन मानिसहरु आफ्नो मोटोपनसँग चिन्तित छन् र दुब्लाउन चाहन्छन् । अर्को तर्फ दुब्ला(पातला मानिसहरुको इच्छा भने मोटाउने हुन्छ । वजन कम गर्नका लागि बजारमा विभिन्न औषधि र प्रविधिहरु पनि पाईन्छ तर, मोटाउनका लागि भने त्यस्तो प्रविधि खासै प्रयोग हुँदैन । यसका लागि खानपान, समयमा आराम र पीर–चिन्ताबाट टाढा रहनुपर्छ ।

यदि तपाईं पनि मोटाउन चाहनुहुन्छ भने खानामा डाइट र क्यालोरीको मात्रा बढाउनुस् । क्यालोरीमात्र नभएर खानामा सबै जरुरी पदार्थ हुनु आवश्यक छ । यसले मांशपेशीलाई मजवुत बनाउँछ । साथै यसको निर्माणमा पनि सघाउँछ । यहाँ केही यस्ता खाद्य पदार्थको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको मोटाउने चाहना पूरा गरोस् ।

 १. प्रोटीनका लागि
कुनैपनि हाइ क्यालोरी डाइटका लागि प्रोटीन नभइनहुने तत्व हो । यो मांसपेशीको निर्माण तथा शरीरको लागि फाइदाजनक छ । चाहनुभयो भने प्रोटीनको मात्रा पूर्तिका लागि चिकेन ब्रेस्ट, माछा तथा दूधको अधिकभन्दा अधिक सेवन फाइदाजनक हुन्छ । यस्तै काजु, बदाम, गेडागुडी तथा सालमन पनि प्रोटीनका लागि निकै उपयोगी हुन्छ ।

 २. कार्बोहाइट्रेडका लागि
हाइ क्यालोरीका लागि कार्बोहाइड्रेट पनि एक प्रमुख अवयव हो । कार्बोहाइड्रेटको पूर्तिका लागि तपाईं बिहानको खाजामा स्याउ र सुन्तलालाई समावेश गर्न सक्नुहुन्छ । यस्तै गेडागुडी, पास्ता, तथा आलू पनि कार्बोहाइड्रेटको आपूर्तिका लागि उपयोगी हुन्छ । जुन तौल बढाउनका लागि पनि लाभदायक छ । यदि तपाईं कार्बोहाइटेडको पूर्तिका लागि जुससेवन गर्नुहुन्छ भने ख्याल गर्नुस्, त्यसमा सुगरको मात्रा कम होस् ।

३. स्न्याक्स लिनुस्
एकतर्फ तौल बढेर हैरान भएका मानिसहरुका लागि स्न्याक्स नखान सुझाव दिइन्छन्, अर्कोतर्फ तपाईं वजन बढाउन चाहनुहुन्छ भने स्न्याक्स लिनु तपाईंका लागि फाइदाजनक हुन्छ । तर तपाईंले लिएको स्न्याक्स स्वास्थ्यमा नराम्रो असर पार्ने खालको नहोस् भन्ने कुरामा भने तपाई सचेत रहनु जरुरी छ ।

 ४. व्रत–उपवासबाट टाढा रहनुस् 
बिहानको खाजा वजन बढाउनका लागि निकै आवश्यक छ । बिहानको खाजा नखानु तपाईंको स्वास्थ्यका लागि पनि फाइदाजनक नहुनसक्छ । यो त्यस्तो समय हो, जुन समयमा तपाईंलाई सबैभन्दा धेरै क्यालोरीको जरुरत पर्दछ । तपाईंले चाहनुभयो भने ब्रेकफास्टमा अण्डा, घ्यूको मात्रा कम भएको दही, दूध अथवा केही फलफूल खान सक्नुहुन्छ ।

५. सन्तुलित डिनर
बेलुकाको खाना पनि तपाईंका लागि निकै आवश्यक हुन्छ । यो समयमा तपाईंले प्रोटीनले भरपूर खाना खानुभयो भने निश्चित रुपमा तपाईंको वजन बढ्ने छ । डीनरमा रातो मासु, माछा, चिकेन निकै उपयोगी हुन्छ । साथै सलाद पनि यो समयमा तपाईँका लागि फाइदाजनक हुनेछ ।

प्रतिक्रिया दिनुहोस