चितवनमा एक बालक मृत फेला

आइतबार, १२ साउन २०७६, १९ : १८
चितवनमा एक बालक मृत फेला

प्रतिकात्मक फोटो

चितवन । माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस