गजल

शुक्रबार, १० साउन २०७६, १४ : ५५
गजल

- सन्ध्या सापकोटा 

अनपढ छन् सबैलाई पढ्ने सुझाव दिनुपर्छ ,
डोको नाम्लो छोडेर हातमा किताब दिनुपर्छ ।

अरू मस्ती गर्न पिउछन् ,मेरा बा ले भन्नुभयो,
रक्सी पिउनलाई बाबू कसैले तनाव दिनुपर्छ ।

दुर्गम गाउँमा आएर सभ्य सुविधा नखोज्नुस् ,
सरसफाइ गरेको सरकारलाई हिसाब दिनुपर्छ।

देखावटी गर्छ सधैं नगर भन्छिन् चियोचर्चो ,
जमाना अनुसार चल्छु आमा दबाव दिनुपर्छ ।

जिन्दगी भन्नुपनि फूल रहेनछ जून रहेनछ ,
हृदयले भन्छ हृदयलाई पनि अभाब दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस