चीनको नयाँ विस्तार, रुसको पनि साथ

सोमबार, १५ माघ २०७४, १४ : ५३
चीनको नयाँ विस्तार, रुसको पनि साथ

चीन सरकारले शुक्रबार आफ्नो आगामी योजना ‘पोलर सिल्क रोड’को घोषणा गर्यो । चीनको यो महत्वकाङ्क्षी योजना उत्तरी धु्रवको आसपास एउटा समुद्री मार्ग तयार गर्ने हो, जसबाट व्यापार गर्न सकियोस् ।

यो परियोजना चीनको सिल्क रोड र वान बेल्ट वन रोडको नै हिस्सा हो ।  राष्ट्रपति सी जिङपिङले २०१३ मा यो योजनाको प्रसङ्ग उठाएका थिए । चीन यदि यस्तो गर्न सफल भयो भने उत्तरी अमेरिका, पूर्वी एसिया र पश्चिमी युरोपका तीन ठूला आर्थिक धु्रव जोड्न सफल हुनेछ । जलवायु परिवर्तनका कारण चीनको यो योजनालाई बल मिलेको छ भनिँदै छ ।

चीनको नीति
चीन जलवायु परिवर्तनका कारण अन्तर्राष्ट्रिय व्यापारलाई अझै सुगम बनाऔँ भन्ने चाहन्छ । चिनियाँ सरकारका अनुसार यो रुट चलेपछि मुख्य व्यापार सोझेदारहरूसँग व्यापारमा समय र लागत बच्ने छ ।

चीनले शुक्रबार प्रकाशित गरेको दस्तावेजको शीर्षक ‘आर्कटिकका लागि चीनको नीति’ भन्ने छ । यो दुर्गम सागरका लागि एसियाली देश चीनले पहिलो पटक समुद्री मार्गको बाटो खोल्ने आफ्नो इच्छा प्रकट गर्यो ।

यो दुर्गम महासागर हो तर प्राकृतिक संसाधनहरूले भरीपूर्ण छ । आखिरमा यो नयाँ बाटोको बारेमा चीन किन यति धेरै उत्साहित छ र यसबाट उसलाई के फाइदा हुनेछ ?

उत्तरी समुद्री मार्ग
चीन सरकारको दस्तावेज अनुसार ऊ आफ्ना कम्पनीहरूको आधारभूत ढाँचा विकसित गर्न प्रोत्साहन गर्ने छ । यसका साथै उसले व्यावसायिक आवागमनको माध्यमले अन्य चीजहरूको जानकारी लिने छ ।

यसपछि चीन भविश्यका लागि उत्तरी धु्रवसम्म समुद्री व्यापारी मार्ग खोल्ने छ । हालैका वर्षमा चीन नयाँ अन्तर्राष्ट्रिय समुद्री मार्ग र बन्दरगाहहरू बनाउन धेरै सक्रिय छ ।

चीन के चाहन्छ भने व्यापारका लागि कम समयमा छोटो बाटो बनाउनु पर्छ, पुराना र धेरै समय लाग्ने बाटामाथि निर्भर हुनु हुँदैन ।

‘पोलर सिल्क रुट’
चीन पनामा बाटाबाट आफ्नो निर्भरता कम गर्न चाहन्छ । एक अनुमान अनुसार यदि चीनले यो रुटको निमार्ण गर्यो भने पनामा च्यानलको बाटो रोट्रेडमबाट चीन आउन अहिले जति समय लाग्छ, त्यसमा २० देखि ४८ दिन कम लाग्ने छ ।
चीनको सूचना परिषदद्वारा प्रकाशित दस्तावेज अनुसार उसलाई आसा छ, ‘पोलर सिल्क रुट’मा सबै सम्बन्धित पार्टनरहरू साथ दिने छन् ।

यो दस्तावेज अनुसार सबै देशलाई यो समुद्री मार्ग प्रयोग गर्ने हक हुने छ । चीनका भनाइ के छ भने यसबाट पर्यावरणको रक्षामा रणनीतिक रूपमा पनि सहयोग हुने छ । यस दस्तावेजका अनुसार चीन र आर्कटिक देशहरूको साझा हितमा छ ।

चीनको बढ्दो विस्तार
वास्तविकता यो छ कि यस महासागरमा चीनको कुनै समुद्रीय तट छैन । यहाँ रुस, अमेरिका, क्यानडा, आइसल्यान्ड, स्विडेन, नर्वे, फिनल्यान्ड र डेनमार्क जस्ता देशहरूको उपस्थिति छ ।

यी देशहरूबीचमा आआफ्नो हितलाई लिएर विवाद पनि छ । यद्यपि २०१३ बाट चीन आर्कटिक काउन्सिलको पर्यवेक्षक सदस्यका रूपमा काम गरिरहेका छन । यो काउन्सिल कैयौँ देशहरूको समूह हो, जुन त्यहाँको प्रमुख मानिसहरू र देशहरूका बीच आउने समस्याको हल निकाल्छन् ।


२०१३ पछि चीनमाथि शङ्का गरिँदै छ । के भनिन्छ भने चीन यो क्षेत्रमा भएका प्राकृतिक ग्यास र तेलमाथि नियन्त्र गर्न चाहन्छ ।   यहाँ १६ देखि २६ प्रतिशत यस्तो भूमि छ जुन संरक्षित छ, जहाँ भरपुर मात्रामा खनिज सम्पदा भएको अनुमान छ ।

आइसबर्ग परियोजना
यद्यपि चीन सरकारले यो आरोप र शङ्कालाई अस्वीकार गरेको छ । यद्यपि, ‘आर्कटिकका लागि चीनको नीति’ दस्तावेजमा यस कुरालाई रेखाङ्कित गरिएको छ कि उसले तेल, ग्यास, खनिज पदार्थ, माछा र अन्य संसाधनहरूलाई लिन इच्छा खाख्छ । तर उसको भनाइ के छ भने ऊ यी सब आर्कटिक देशहरूको साथ र उनको सहयोगको माध्यमले नै गर्ने छ ।

यस्तो होइन, चीन पहिलो देश हो जसले आर्कटिकमा रुचि राखेको होस् । डिसेम्बर महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक प्लान्टको उद्घाटन गरेका थिए ।  जसबाट स्पेनबाट टाढाका देशहरूमा ग्याँस निर्यात गरिने छ ।

रुसी सिल्क रोड
पछिल्लो वर्षको अत्यतिर रुसी सरकारले आइसबर्ग परियोजनाको उद्घाटन गरेको थियो । रुस यसको माध्यमले आर्कटिक  महासागरमा एक हाइड्रोकार्बन फिल्ड विकसित गर्न चाहन्छ । यो पानी र हिउँको बीच हुने छ जुन पूर्ण रूपमा स्वायत्त हुने छ ।

कहाँसम्म भने चिनियाँ मिडिया र रुसी सरकार समर्थक डिजिटल पत्रिका स्पुतनिकको भनाइ छ, चीनको पोलर सिल्क रोड आइडिया मूल रूपमा रुसको हो र दुवै देश यसमा महिनौँ पहिलादेखि काम गरिरहेका छन् । पछिल्लो वर्ष मे महिनामा चीनका विदेश मन्त्री वाङ यी रुस गएका थिए । यस दौरानमा उनले भनेका थिए, उनको सरकार रुसी सिल्क रोडको समर्थन गर्छ ।

सिल्क रोड बेल्ट र रुट इनिसिएटिव आर्कटिक रुट परियोजनाको हिस्सा हो । यो युरोप र एसियाको बीच पुरानो गुडु क्यारावानसँग प्रेरित छ । चीन सरकारका अनुसार यसमा युरोप र एसिया जोड्ने कुरा छ । यस परियोजनाको मातहतमा ७० देशहरू बीचमा आधारभूत ढाँचाको निमार्ण गर्नु हो, जसमा सडक र समुद्री मार्ग दुवै सामेल छन् ।

मध्यपूर्व र अफ्रिका
अर्कोतर्फ चीन पाकिस्तानको आर्थिक कोरिडोरमा पनि काम गरिरहेको छ । यसको उद्देश्य चीनका साथ पश्चिमी क्षेत्रको अरब सागर र हिन्द महासागर जोड्नु हो ।

यसको माध्यमले चीन मध्यपूर्व र अफ्रिकामा आफ्नो प्रभाव जमाउन सक्ने छ । जसको माध्यमले लन्डन, मेड्रिड, रोटेड्रम अथवा वार्सावा जस्ता युरोपका सहर सम्पर्कमा छन् । अहिले चीन मालगाडीको २० रेलवे लाइन संचालन गरिहेको छ, यसबाट ल(डन, मेड्रिड, रोटेड्रम या वार्सा जस्ता यूरोपियन शहर सम्पर्कमा छन् ।

चीनको अर्को आगामी योजना चिनियाँ सहर कनमिङको दक्षिणका देशहरू भियतनाम, लाओस र बर्मासँग रेल नेटवर्कसँग जोड्नु हो ।

यदि चीनले यी लाइनहरूलाई पूरा गर्यो भने थाइल्यान्ड, कम्बोडिया र भियतनामका बाँकी दक्षिणपूर्वी एसियासँग जोड्ने परियोजनामा काम सुरु गर्नेछ । चीन केन्यामा पनि रेलवे लाइन बनाउने काम गरिरहेको छ ।(बीबीसी)

 

 

 

 

प्रतिक्रिया दिनुहोस