क्रिकेट रंगशालाको लागि रकम जुटाउन रत्ननगरमा बन्यो समिति

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १७ : २२
क्रिकेट रंगशालाको लागि रकम जुटाउन रत्ननगरमा बन्यो समिति

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग समिति गठन गरिएको छ । बुधवार भएको भेलाले रत्ननगरका मेयर नारायण वन संयोजक र उपमेयर विमला दुवाढी सहसंयोजक र रत्ननगर उद्योग बाणिज्य संघको प्रतिनिधि सदस्य सचिव रहेको सहयोग समिति गठन गरिएको हो । 

७५ सदस्यीय समितिका वडाध्यक्षहरु,कार्यपालिका सदस्य,राजनीतिक दल,निजी क्षेत्र,पर्यटन व्यवसायी,नागरिक समाज र पत्रकार रहेका छन । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल,जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,नेकपाका नेता तेजेन्द्र बहादुर खड्का,नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले रंगशाला चितवनबासीको गौरबको विषय भएकाले एकताबद्ध भएर निर्माण कार्यमा सहयोग गर्न जिल्लाबासीलाई आग्रह गरेका थिए । 
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले तोकिएकै समयमा रंगशाला निर्माण हुने भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मेयर वनले रंगशाला निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नगर भित्रका राजनीतिक दल,व्यवसायी,पर्यटन व्यवसायीको सहयोग लिएर एकद्धार प्रणाली मार्फत आर्थिक सहयोग गर्ने बताए । 
कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य केपि लामिछाने,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,वडा अध्यक्ष तिलकराज शर्मा,कार्यपालिका सदस्य तथा नगर प्रबक्ता राजेन्द्र हमाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी,लायन्स क्लवका पूर्वी चितवन संयोजक प्रकासचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । 
 

प्रतिक्रिया दिनुहोस