पुर्वेली समाज चितवनद्धारा रंगशालालाई २२ लाख सहयोग

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, ०८ : ०६
पुर्वेली समाज चितवनद्धारा रंगशालालाई २२ लाख सहयोग

 चितवन । पुर्वेली समाज चितवनले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी आर्थीक सहयोग गरेको छ । भरतपुरमा एक कार्यक्रम गरी समाजले संकलीत रकम २२ लाख ३५ हजार ५ सय ५५ रुपैँया धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई मंगलवार राति हस्तान्तरण गरेको हो । 

पुर्वेली समाजले संस्थागत रुपमा ५ लाख, डा तिलचन्द्र भट्राई र सारदा थपलीयाका तर्फबाट १० लाख, कुमार डाँगी ५ लाख, भरतपुर महानगरपालिका वडा न १२ का अध्यक्ष एवंम समाजका सल्लाहाकार नरेन्द्र कन्दंवाले १ लाख ३५ हजार र सिव घिमिरेले १ लाख ५ सय ५५ रुपैँया गरी छुट्टा छुट्टै चेक हस्तान्तरण गरेको थियो । 

पुर्वी नेपालका झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका विभिन्न जिल्लाबाट चितवनमा आएर बसोबास गर्ने पुर्वेली समाज चितवनका सदस्य तथा पदाधिकारीहरुबाट रकम संकलन गरी हस्तान्तरण गरीएको समाजका सचिव पदम अ¥यालले बताए । राष्ट्रिय गौरवको आयोजना बन्नु खुसीको कुरा भएकाले आगामि दिनमा पनि सहयोगलाई जारी राख्ने समाजका अध्यक्ष डिक बहादुर गुरुङले बताए । 

सवै एक पटक जुरुक्कै उठ्नुपर्छ
सहयोग रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौरवको आयोजना निर्माण सम्पन्न गर्न सवै एक पटक जुरुक्कै उठ्नुपर्ने बताएकी  छिन  । दाहालले कुनै जिल्ला, स्थानको मात्रै नभई सिंगो राष्ट्रकै गौरवको आयोजना भएकाले पुर्व, पश्चिम जहा भए पनि आफुले सकेको सहयोग गर्न सवैलाई आग्रह समेत गरिन । 

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सवै नेपाली एकपटक जुरुक्कै उठे तोकिएकै समयमा निर्माण सम्पन्न हुने जिकिर गरेका छन । नेपालीहरुले दिल खोलेर सहयोग गर्ने गरेको भन्दै यो परियोजना सम्पन्न गर्न पनि जनस्तरबाट सहयोग आवश्यक रहेको बताए । विभिन्न समिति निर्माण तथा सहयोग संकलनको क्रम जारी रहेकाले डीपीआरपछि निर्माणका कामले तिब्रता पाउने उनको भनाई छ । 

प्रदेश सांसद विजय सुवेदिले पुर्वेली समाज चितवनले निर्माण पुन सुरु भएपछि पहिलो पटक सहयोग हस्तान्तरण गरेर साईत गरेको बताए । उनले भने पुर्व, पश्चिम, देश विदेश जहाँ रहेपनि राष्ट्रिय गौरवको आयोजना सम्पन्न गराउन सवै एक जुट हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस