मेस्सीले जोगाए बार्सिलोनालाई, ११ अंकको अग्रता कायम

एजेन्सी

सोमबार, १५ माघ २०७४, १३ : १०
मेस्सीले जोगाए बार्सिलोनालाई, ११ अंकको अग्रता कायम

बार्सिलोना । फिलिपे काउन्टिन्होको ला लिगा डेब्युमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै आलाभेसलाई पराजित गरेको छ ।

म्यान्चेस्टर सिटीका पूर्व फरवार्ड जोन गुइडेटीले क्याम्प नाउमा आलाभेसलाई अप्रत्यासित अग्रता दिलाएका थिए । बराबरी गोल गर्नका लागि बार्सिलोनाले ७२ मिनेटसम्म पर्खनु परेको थियो । लुइस सुवारेजले गोल गर्दै खेल बराबरीमा ल्याए भने खेल सकिन ६ मिनेट बाँकी छँदा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई जीत दिलाए ।

जीतसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी ११ अंकमा कायम राखेको छ । एथ्लेटिको म्याड्रिडले पनि आइतबार लास पालमासलाई आफ्नो घरेलु मैदानमा ३–० ले पराजित गर्यो ।

२१ खेलपछि बार्सिलोनाको ५७ अंक रहेको छ भने एथ्लेटिको म्याड्रिडको ४६ अंक रहेको छ । आइतबार भएको अन्य खेलमा लेगानेसले एस्पानियोललाई पराजित गर्यो भने सेभिया भने गेटाफेसँग १–१ को बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस