कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : नेता पौडेल

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, २१ : ५७
कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : नेता पौडेल

फाईल फोटो

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाउनुभयो । 

नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा  काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो । बिपीको आदर्शलाइ आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस