ठक्कर दिएर भाग्नेक्रममा मोटरसाईकल चालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, २० : ५९
ठक्कर दिएर भाग्नेक्रममा मोटरसाईकल चालकको मृत्यु

चितवन । ट्रकमा मोटरसाईकल ठोक्कीदा चितवनमा एक जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका १ रामनगरमा मुग्लिनतर्फ गईरहेको ना ४२ प ४९२९ नम्बरको मोटरसाईकल पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा सोमवार राति पौने ८ बजे ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । 
गम्भिर घाईते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा करिव ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 
मोटरसाईकलले सोहि स्थानका ५० वर्षीय ओम प्रसाद भुसाललाई ठक्कर दिएको थियो । ठक्करबाट भुसाल पनि घाईते भएका थिए । ठक्कर दिएर भाग्नेक्रममा भित्री साईडमा रोकि राखेको ना ५ ख २२४६ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस