नेट्वर्कीङ व्यवसाय गरी ठगी गर्ने ३ जना चितवनबाट पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, २० : ४३
नेट्वर्कीङ व्यवसाय गरी ठगी गर्ने ३ जना चितवनबाट पक्राउ

चितवन । प्रतिवन्धीत नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगि गर्ने गिरोह चितवनमा सक्रिय रहेको पाईएको छ । व्यवसाय सञ्चालन गर्ने गिरोहका केहि व्यक्तिलाइ पक्राउ गरेसँगै ठगि गर्नेहरु सक्रिय रहेको पाईएको हो । चितवनबाट ३ जना पक्राउ परेका छन । सुनसरी धरान उपमहानगरपालिका ७ का ३७ वर्षीय सुमन भन्ने जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिका १० का ३९ वर्षीय डि बि भनीने दल बहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिका ९ का ४३ वर्षीय पार्वति केसीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
उनिहरुलाई नेटवर्किङ सञ्चालन गरीरहेको विशेष सुचनाको आधारमा आईतवार पक्राउ गरीएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जनाकारी दिए । उनिहरुमाथी जिल्ला अदालतबाट सोमवार म्याद थप गरी अनुसन्धान गरीरहेको जनाईएको छ । 
एल टि एभरेष्ट हर्वल लाईफ ग्लोबल प्राली नामको संस्था काठमाण्डौमा दर्ता गरी चितवनमा समेत सर्वसाधारणलाई ठगि रहेको भन्ने सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरीएको प्रहरीको भनाई छ । 
पक्राउपर्नेहरु नेपालमा प्रतिवन्धीत बायनरी ह्यब्रीड नामक नेटवर्किङ व्यवसाय अन्तर्गत पिरामिड शैलीको व्यापारमा सक्रिय रहेको पाईएको प्रहरीले जनाएको छ । घिसिङ सो संस्थाको अध्यक्ष, र बाँकी २ जना सदस्य रहेको बताईएको छ । 
 

प्रतिक्रिया दिनुहोस