भारतीय गुप्तचर संस्था रअ का प्रमुख गोयल किन आए नेपालमा ? कोकोसँग हुँदैछ भेटघाट ?

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, १३ : ३५
भारतीय गुप्तचर संस्था रअ का प्रमुख गोयल किन आए नेपालमा ? कोकोसँग हुँदैछ भेटघाट ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअ का प्रमुख समान्तकुमार गोयल चौबीस घण्टादेखि नेपालमा छन् । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’ स्रोतले भन्यो । रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उहाँ यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ । रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेससहित नेतासँग पनि भेटघाट गर्ने स्रोतले जनाएको छ । नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस